
प्रभातफेरी अनलाइन २ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ ३०, शनिबार (१ घण्टा अघि)
काभ्रे/ शुक्रबार काभ्रेको बुचाकोटमा भएको बस दुर्घटनामा अहिलेसम्म मृतक संख्या ८ पुगेको छ । मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा जिल्ला काभ्रे रोशी गा.पा. ६ बस्ने बर्ष ४५ को मेघ बहादुर तामाङ, जिल्ला काभ्रे रोशी गा.पा. ६ बस्ने बर्ष ३४ की फुलमाया तामाङ, जिल्ला काभ्रे रोशी गा.पा. ६ बस्ने बर्ष ७५ को इन्द्र बहादुर तामाङ, जिल्ला काभ्रे रोशी गा.पा. ६ बस्ने बर्ष ६० की प्यारी माया तामाङ, जिल्ला दैलेख बस्ने बर्ष ३० को बम बहादुर भण्डारी (त्रिनेत्र दल गण भकुण्डेबेशीमा कार्यरत नेपाली सेनाको अमलदार रहेको), जिल्ला सिन्धुली घ्याङलेक गा.पा. ४ बस्ने बर्ष २२ की सुमि तामाङ । (पहिचान गर्ने मृतकको श्रीमान निराजन घिसिङ) रहेका छन् भने सनाखत हुन बाँकी मृतकहरुमा अन्दाजी बर्ष ६०/६५ को पुरुष व्यक्ति बर्ष ६०/६५ की महिला रहेका छन् ।
यस्तै घाइते हुनेहरुमा अनिषा तामाङ (२२ वर्ष): रोशी गाउँपालिका निवासी उनको हात र खुट्टामा चोट लागेको अवस्था मध्यम गम्भीर, सुरेश बहादुर बादी (२५ वर्ष): बर्दिया निवासी उनको दाहिने निधार र दाहिने खुट्टामा चोट लागेको अवस्था मध्यम गम्भीर रहेको छ ।, विष्णु डोल्मा तामाङ (२० वर्ष): रोशी गाउँपालिका निवासी उनको निधार, नाक र पेटमा चोट लागेको अवस्था मध्यम गम्भीर छ ।, डम्बर बहादुर शाह (६० वर्ष): रोशी गाउँपालिका निवासी उनको टाउकोको दाहिने भाग, दाहिने हात र दाहिने खुट्टामा गम्भीर चोट लागेको अवस्था चिन्ताजनक छ ।, चन्द्र तामाङ (३० वर्ष): रोशी गाउँपालिका निवासी उनको निधार, हात र खुट्टामा चोट लागेको अवस्था मध्यम गम्भीर छ । कृष्णा बहादुर तामाङ (४३ वर्ष): रोशी गाउँपालिका निवासी उनको टाउको, मुखको वरिपरि र दाहिने कोखामा चोट लागेको अवस्था मध्यम गम्भीर छ ।, रमिता वाइबा (१८ वर्ष): रोशी गाउँपालिका निवासी उनको अनुहार र खुट्टामा चोट लागेको अवस्था मध्यम गम्भीर छ । मानब तामाङ (४० वर्ष): रोशी गाउँपालिका निवासी उनको टाउको, अनुहार र ढाडमा चोट लागेको अवस्था मध्यम गम्भीर छ । धन बहादुर तामाङ (उमेर नखुलेको): रोशी गाउँपालिका निवासी उनको टाउको र अनुहारमा चोट लागेको अवस्था मध्यम गम्भीर छ ।, घोष सिंह तामाङ (३४ वर्ष – बस चालक): बनेपा निवासी बस चालक तामाङको दाहिने खुट्टा भाँचिएको र दाहिने हातमा चोट लागेको अवस्था मध्यम गम्भीर छ ।, विष्णु माया लामा (६२ वर्ष): रोशी गाउँपालिका निवासी उनको टाउकोमा चोट लागेको अवस्था मध्यम गम्भीर छ ।, मनुराज तामाङ (४३ वर्ष): तेमाल निवासी उनको टाउको, घाँटी र छातीमा चोट लागेको अवस्था मध्यम गम्भीर छ ।, पहिचान नखुलेको बालक (अन्दाजी ५/६ वर्ष – सम्भावित नाम सुवास): उनको टाउको, अनुहार र देब्रे खुट्टामा चोट लागेको अवस्था मध्यम गम्भीर छ । पहिचान नखुलेकी बालिका (अन्दाजी १ वर्ष): उनको पनि अस्पतालमा उपचार भइरहेको छ । पहिचान नखुलेको वयस्क पुरुष (अन्दाजी ६०–६५ वर्ष): उनको टाउकोमा गम्भीर चोट लागेको अवस्था चिन्ताजनक रहेको छ ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दिउँसो दुर्घटना भएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |