Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

एबिएममा अध्ययनरत युकेजीका ६२ विद्यार्थी दीक्षित

प्रभातफेरी अनलाइन २८ पटक पढिएको प्रकाशित मिति: २०८२ चैत्र २५, बुधबार (२ महिना अघि)
गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

काठमाडौं/ संस्थापक बिधालयहरुको भिडमा आफ्नो छुट्टै पहिचान दिन सफल बिधालयका रुपमा स्थापित एबिएम स्कुलले बिधालय स्तरीय बिबिध सांस्कृतिक सहित दिक्ष्यान्त कार्यक्रम सम्पन्न गरेको छ । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ११ मा रहेको आदर्श विद्या मन्दिर (एबिएम स्कुल) मा कक्षा युकेजीमा अध्ययनरत ६२ जना विद्यार्थी दीक्षित भएका छन् ।

सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई दीक्षित गरिएको हो । तेजगंगा क्याम्पसका प्रमुख अम्बुभवानी कार्की प्रमुख अतिथी रहनुभएको कार्यक्रम रामकृष्ण आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । विद्यार्थीहरुलाई दीक्षित गर्दै प्रमुख अतिथी कार्कीले आदर्श विद्या मन्दिरले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै दीक्षित विद्यार्थीहरुलाई आगामी दिनमा थप प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थितहरुलाई सहायक प्रधानाध्यापक ललिता बञ्जाराले स्वागत गर्दै सबैको सहयोगले विद्यालय अघि बढीरहेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो ।

विद्यालयका संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै आगामी दिनमा विद्यालयले गर्ने कामहरुको योजनाका बारेमा जानकारी दिनुभयो । उहाँले विद्यार्थीका लागि किताबी ज्ञानले मात्र नभइ अन्य सीपमुलक र व्यवहारिक ज्ञान पनि उतिकै महत्वपूर्ण रहेकाले यस्ता कार्यक्रम गरिएको र आगामी दिनमा पनि निरन्तर रहने बताउनुभयो । ०८० सालदेखि विद्यालयले विद्यार्थीहरुलाई दीक्षितको कार्यक्रम शुरु गरिएको उहाँको भनाइ थियो । उहाँले दिनुभएको जानकारी अनुसार हाल विद्यालयमा १ हजार १२५ विद्यार्थी अध्ययनरत छन् भने यो वर्षको एसइइमा २५ जनाले सहभागीता जनाएका छन् ।

आदर्श विद्या मन्दिर –एबिएम स्कुल) बनेपाले काभ्रे जिल्लामै पहिलो पटक आईएसओ प्रमाणपत्र पाउने विद्यालयको रुपमा आफूलाई चिनाएको छ । जिल्लामै कानुन संकायको पढाइ हुने एक मात्र कलेज एबिएममा अहिले सातौं वर्षका विद्यार्थी अध्ययन गरिरहेका छन् । यो विद्यालयले जिल्लामा निजीतर्फका धेरै विद्यालयको तुलनामा आफूलाई अब्बल र सक्षम बनाउँदै लगेको छ । विसं २०६१ सालमा स्थापना भएको आदर्श विद्या मन्दिरले ०६८ सालदेखि एसएलसीमा सहभागिता जनाएको हो । त्यसयता एसएलसी र एसइइमा उत्कृष्ट नतिजा ल्याउन विद्यालय सफल भएको छ । विगत ९ वर्षयता यहाँ कक्षा ११ र १२ मा पढाई शुरु भएको संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले बताउनुभयो ।

आफ्ना नानीबाबुहरुलाई असल नागरिक बनाउने एउटा भरपर्दो गन्तव्य हुन सक्ने यस विद्यालयमा आएर भर्ना गराउन उहाँले सम्पूर्ण अभिभावकहरुलाई अनुरोध गर्नुभएको छ । गत वर्षको एसइइमा यहाँबाट ३१ जना विद्यार्थी सहभागी भएकोमा सबैलाई उत्कृष्ट नतिजासहित उत्तीर्ण गराउन विद्यालय सफल भएको थियो । यहाँ कक्षा १२ को नतिजा पनि उत्कृष्ट नै रहेको पाइएको छ । एबिएम बनेपाको मात्र नभएर काभ्रे जिल्लाकै एक भरपर्दो शैक्षिक गन्तव्य भएकोमा कुनै शंका छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

  • पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

  • पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

  • आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0