प्रभातफेरी अनलाइन३ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ४, बिहिबार(१ घण्टा अघि)
काठमाडौं, पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद गरेको छ।
प्रहरी चौकी मिर्जापुरबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा नहरको खाल्डो नजिक लुकाएर राखिएको अवस्थामा २५ वटा पोकाभित्र रहेको गाँजा फेला पारेको हो।
बरामद गरिएको गाँजा बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।