logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

हर्क साम्पाङको प्रश्न: ‘रक्षा मन्त्रालयको बजेट पुस्तिका किन दिइएन, मन्त्री सदनमा आउनुपर्छ’

प्रभातफेरी अनलाइन२० पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ४, बिहिबार(१ घण्टा अघि)
हर्क साम्पाङको प्रश्न: ‘रक्षा मन्त्रालयको बजेट पुस्तिका किन दिइएन, मन्त्री सदनमा आउनुपर्छ’

काठमाडौं, श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले रक्षा मन्त्रालयको बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्री संसदमा उपस्थित हुनुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन शाह उपस्थित नभए पनि मन्त्रालयगत बजेट छलफलमा रक्षा मन्त्रीको सहभागिता आवश्यक रहेको बताए।

साम्पाङले भने, “रक्षा मन्त्रालयको बजेट छलफलमा रक्षा मन्त्रीलाई बोलाइयोस्। त्योभन्दा पनि महत्वपूर्ण कुरा, रक्षा मन्त्रालयअन्तर्गतको बजेट पुस्तिका हामीलाई अहिलेसम्म किन उपलब्ध गराइएन ? यसको जवाफ चाहन्छु।”

उनले सांसदहरूलाई आवश्यक बजेटसम्बन्धी दस्तावेज समयमै उपलब्ध गराइनुपर्ने भन्दै त्यसबारे स्पष्ट जानकारी दिन सरकारसँग माग गरेका छन्।