logo
२०८३ अषाढ १२, शुक्रबार |
📰
🔍

फिफा विश्वकप देखाउने नाममा ९९९ रुपैयाँ असुली, सरकारी अनुमति नभएको खुलासा

प्रभातफेरी अनलाइन१४ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ १२, शुक्रबार(४ घण्टा अघि)
फिफा विश्वकप देखाउने नाममा ९९९ रुपैयाँ असुली, सरकारी अनुमति नभएको खुलासा

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण देखाउने नाममा नेपालका केही टेलिभिजन सेवा प्रदायकहरूले ग्राहकसँग अतिरिक्त ९९९ रुपैयाँ असुलिरहेको पाइएको छ। यसरी शुल्क उठाउन कुनै सरकारी अनुमति नलिएको सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतका निकायहरूले स्पष्ट पारेका छन्।

हाल डिसहोम र हिमालय टेलिभिजनले विश्वकप प्रसारणका लागि ग्राहकबाट अतिरिक्त शुल्क लिइरहेका छन्। तर, मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखा, प्रसारण शाखा, फ्रिक्वेन्सी व्यवस्थापन तथा विश्लेषण शाखा तथा सूचना प्रविधि कार्यान्वयन तथा समन्वय शाखाले लिखित रूपमा यस्तो शुल्क असुल्न कुनै निर्णय, स्वीकृति वा निर्देशन जारी नभएको जानकारी दिएका छन्।

सरकारी निकायका अनुसार विश्वकप प्रसारणका लागि अतिरिक्त शुल्क निर्धारण वा असुली सम्बन्धी कुनै स्वीकृति नभएकाले यस विषयमा उठेको विवाद थप चर्किएको छ। प्रयोगकर्ताहरूले भने विश्वकप हेर्न बाध्य भएर अतिरिक्त रकम तिर्नुपरेको गुनासो गरिरहेका छन्।