logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

बजेट कार्यान्वयन, कर नीति र रोजगारीका विषयमा सांसदहरूको सरकारलाई खबरदारी

प्रभातफेरी अनलाइन१०७ पटक पढिएको | २०८३ अषाढ १, सोमबार
बजेट कार्यान्वयन, कर नीति र रोजगारीका विषयमा सांसदहरूको सरकारलाई खबरदारी

काठमाडौँ, आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि राष्ट्रियसभामा भएको छलफलमा सांसदहरूले सरकारको आर्थिक नीति र बजेट कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएका छन्।

सांसदहरूले बढ्दो ऋणभार, कर नीतिमा देखिएको विवाद, रोजगारी सिर्जनाको अभाव तथा आर्थिक वृद्धिको लक्ष्यप्रति चासो व्यक्त गरे। सांसद सुनिलबहादुर थापाले सरकारले ७.५ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखे पनि त्यसको आधार स्पष्ट नभएको बताए।

सोनाम गेल्जेन शेर्पाले सङ्घीयता सुदृढीकरणको प्रतिबद्धता सकारात्मक भए पनि कार्यान्वयनको स्पष्ट योजना अभाव रहेको बताए। उनले हिमाली अर्थतन्त्र र पर्यटन क्षेत्रलाई बजेटमा अपेक्षित प्राथमिकता नदिइएको धारणा राखे।

त्यस्तै, युवराज शर्माले कृषि र किसानलाई पर्याप्त प्राथमिकता नदिएको तथा स्वदेशमै रोजगारी सिर्जनाका कार्यक्रम कमजोर रहेको बताए। सांसदहरूले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारलाई विशेष ध्यान दिन आग्रह गरेका छन्।