प्रभातफेरी अनलाइन५८ पटक पढिएको | २०८३ अषाढ ३, बुधबार
काठमाडौं , अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक गतिविधि विस्तार र लगानी प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित छलफल कार्यक्रममा उनले लगानीमैत्री वातावरण निर्माण सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गरे। उनले इमानदार व्यवसायीले कुनै डर मान्न नपर्ने भन्दै राज्यलाई हानि पुर्याउने तथा अवैध रूपमा सम्पत्ति आर्जन गर्नेहरूमाथि मात्र कानुनी कारबाही हुने बताए।
उनले शेयर बजारलाई थप व्यवस्थित र विश्वसनीय बनाउने दिशामा काम भइरहेको जानकारी दिँदै घरबहाल करको प्रभावकारी कार्यान्वयनमार्फत कर प्रणालीलाई मजबुत बनाइने बताए।