प्रभातफेरी अनलाइन१८ पटक पढिएको प्रकाशित मिति: १२ घण्टा अघि (१२ घण्टा अघि)
काठमाडौँ , प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई गतिशील बनाउने, लगानीको वातावरण सुधार गर्ने तथा निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आज उद्योगी तथा व्यवसायीसँग उच्चस्तरीय संवाद गर्दै छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था, लगानीमैत्री वातावरण निर्माण तथा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन्।
बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई) का अध्यक्ष अन्जन श्रेष्ठ र उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घ (सिएनआई) का निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्स (एनसिसी) का अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी हुने कार्यक्रम छ।
प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेयता निजी क्षेत्रका प्रमुख छाता सङ्गठनका नेतृत्वसँग औपचारिक रूपमा पहिलोपटक संवाद गर्न लागेका हुन्।