logo
२०८३ श्रावण १, शुक्रबार |
📰
🔍

पेन्सन वा उपदान लिई करारमा कार्यरत कर्मचारी आजदेखि हटाइने

प्रभातफेरी अनलाइन२६ पटक पढिएको प्रकाशित मिति: ५ घण्टा अघि (५ घण्टा अघि)
पेन्सन वा उपदान लिई करारमा कार्यरत कर्मचारी आजदेखि हटाइने

काठमाडौँ , सरकारले सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान लिएका वा निवृत्तिभरण (पेन्सन) पाइरहेका करार कर्मचारीलाई आज (साउन १) देखि सेवा निरन्तरता नदिने निर्णय कार्यान्वयनमा ल्याएको छ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को असार ३२ गतेको निर्णयअनुसार जारी गरेको परिपत्रमा यस्ता करार कर्मचारीलाई सधन्यवाद विदाइ गर्ने उल्लेख गरिएको छ।

संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट कटौती हुने मन्त्रालय तथा मातहतका कार्यालयमा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन गर्ने क्रममा उक्त निर्णय गरिएको हो। सरकारी अनुमानअनुसार करिब ४०० जना पेन्सन वा उपदान लिइसकेका कर्मचारी यस निर्णयबाट प्रभावित हुनेछन्।