प्रभातफेरी अनलाइन२५ पटक पढिएको प्रकाशित मिति: १२ घण्टा अघि (१२ घण्टा अघि)
काठमाडौँ , स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३,१०० ले घटेर रु २ लाख ८२ हजार १०० कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु १२५ ले घट्दै रु ४ हजार २०० निर्धारण गरिएको छ।
बिहीबार छापावाल सुन प्रतितोला रु २ लाख ८५ हजार २०० र चाँदी रु ४ हजार ३२५ मा कारोबार भएको थियो।