logo
२०८३ श्रावण ३, आईतबार |
📰
🔍

तुलसीपुरमा एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र

प्रभातफेरी अनलाइन३४ पटक पढिएको प्रकाशित मिति: १४ घण्टा अघि (१४ घण्टा अघि)
तुलसीपुरमा एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र

दाङ, तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ।

उपमहानगरपालिकाका अनुसार वडा नं. ४ रक्षाचौरको चारबाटो चोकदेखि एक्लेवरसम्म दुई किलोमिटर, बाससोतादेखि मटेरासम्म ५५९ मिटर तथा राप्ती राजमार्गदेखि पिलीबोटसम्म दुई किलोमिटर सडक कालोपत्र गरिएको हो।

यस्तै, नौ हजार ९५८ मिटर पक्की नाला निर्माण, तीनवटा वडा कार्यालय भवन निर्माण, एउटा स्वास्थ्य चौकी भवनमा तला थप तथा एउटा माध्यमिक विद्यालयको आठकोठे र अर्को प्राथमिक विद्यालयको दुईकोठे भवन निर्माण सम्पन्न गरिएको छ।

गत आर्थिक वर्षमै व्यवस्थित हाटबजार स्थल र रातामाटा सिँचाइ कुलो निर्माणको काम पनि सम्पन्न भएको उपमहानगरपालिकाले जनाएको छ।