logo
२०८३ श्रावण ३, आईतबार |
📰
🔍

२४ घण्टामा दाङको अमरपुरमा सबैभन्दा बढी वर्षा

प्रभातफेरी अनलाइन२९ पटक पढिएको प्रकाशित मिति: १३ घण्टा अघि (१३ घण्टा अघि)
२४ घण्टामा दाङको अमरपुरमा सबैभन्दा बढी वर्षा

काठमाडौं, बितेका २४ घण्टामा देशभरमध्ये सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा मापन गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अमरपुरमा १०७ मिलिमिटर वर्षा भएको छ।

विभागका मौसमविद् डेविड ढकालका अनुसार सोही अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर र पश्चिम नवलपरासी (परासी) मा ६९ मिलिमिटर वर्षा भएको छ।