प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं, स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ८३ हजार २०० मा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा रु १ हजारले कम हो। यस्तै, चाँदीको मूल्य रु १० ले बढेर प्रतितोला रु ४ हजार ३२० पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज एक औँस सुन ४ हजार २९ अमेरिकी डलर र चाँदी ५७ अमेरिकी डलर मा कारोबार भइरहेको छ।