प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं, झापाको झापा गाउँपालिका–३, कत्लामारीबाट ५० ग्राम ५० मिलिग्राम ब्राउन सुगरसहित एक भारतीय युवक पक्राउ परेका छन्।
मंगलबार राति प्रहरी चौकी टाघनडुब्बा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार भारतको किशनगञ्ज, धनतोला मोहमारीका २२ वर्षीय एमडी फारुकलाई शंकाका आधारमा चेकजाँच गर्दा उनको साथबाट ब्राउन सुगर बरामद गरेको हो।
लागुऔषध र मोटरसाइकल नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।