प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ श्रावण १३, बुधबार
काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा सामाजिक सद्भाव बिथोल्ने र साम्प्रदायिक विद्वेष फैलाउने गतिविधिविरुद्ध सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्।
बुधबार आफूले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले एक समुदायलाई अर्को समुदायविरुद्ध उक्साउने वा घृणा फैलाउने कुनै पनि गतिविधिले देशलाई फाइदा नगर्ने भन्दै यस्ता घटनाको सामना गर्न सबै दलबीच साझा समझदारी बनेको बताए।
सुनसरी घटनामा एक युवकको मृत्युबारे बोल्दै लामिछानेले घटनालाई अत्यन्त गम्भीर भएको उल्लेख गर्दै सत्यतथ्य निष्पक्ष छानबिनबाट बाहिर आउनुपर्ने बताए। उनले अफवाह वा षड्यन्त्रको पछि नलागी जिम्मेवार निकायले गर्ने अनुसन्धानको नतिजा पर्खिन सबैलाई आग्रह गरे।