logo
२०८३ श्रावण १३, बुधबार |
📰
🔍

देवानगञ्ज घटनाका मृतकका परिवारलाई रु २ लाख राहत, प्रभावित र घाइतेलाई रु ५० हजार दिने कोशी सरकारको निर्णय

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | १ घण्टा अघि
देवानगञ्ज घटनाका मृतकका परिवारलाई रु २ लाख राहत, प्रभावित र घाइतेलाई रु ५० हजार दिने कोशी सरकारको निर्णय

काठमाडौँ / सुनसरीको देवानगञ्जमा भएको घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई कोशी प्रदेश सरकारले रु २ लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले आगजानीबाट घर, पसल तथा अन्य क्षति बेहोरेका परिवार र घाइतेलाई प्रतिपरिवार रु ५० हजार राहत दिने निर्णय गरेको हो।

बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम गर्न आठबुँदे निर्णय गर्दै साम्प्रदायिक एकता सुदृढ बनाउन सबै पक्षले समन्वयात्मक भूमिका खेल्ने, स्थानीय तहमा सर्वपक्षीय बैठक र सद्भाव कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

यसैगरी, घाइतेको उपचार र मृतकका परिवारलाई थप राहत उपलब्ध गराउन सङ्घीय सरकारसँग अनुरोध गर्ने तथा यस्ता घटना दोहोरिन नदिन प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाउने निर्णय गरिएको छ।