logo
२०८३ श्रावण १३, बुधबार |
📰
🔍

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सेवासम्बन्धी सम्झौता

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | १ घण्टा अघि
माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सेवासम्बन्धी सम्झौता

काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच कर्मचारी सञ्चय कोषका कर्मचारीहरूलाई लक्षित गर्दै विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।

आज भएको उक्त सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्याल तथा कर्मचारी सञ्चय कोषको तर्फबाट का.मु सह प्रसाशक भरत राज वस्तीले हस्ताक्षर गरेका छन् ।

अब उक्त सम्झौता अनुसार, माछापुच्छ्रे बैंकले कर्मचारी सञ्चय कोषका कर्मचारीहरूका लागि प्रिमियम सुविधा सहितको तलब व्यवस्थापन खाता सञ्चालन गर्नेछ भने यो सुविधा मार्फत कर्मचारी सञ्चय कोषका कर्मचारीहरूले सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा प्राप्त गर्नेछन् । तलब व्यवस्थापन खातासँगै बैंकले ग्राहकको आवश्यकतालाई ध्यानमा राखी विभिन्न अतिरिक्त बैंकिङ सेवाहरू समेत उपलब्ध गराउनेछ ।

जस अन्तर्गत बचत तथा निक्षेप सुविधा, डिजिटल बैंकिङ सेवा, कर्जा सुविधा, कार्ड सेवा लगायतका बैंकिङ सुविधाहरू समावेश रहनेछन् । माछापुच्छ्रे बैंक लिमिटेड विभिन्न सरकारी कार्यालयहरुको तलब व्यवस्थापन खाता सञ्चालनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । साथै आफ्ना ग्राहकहरूलाई नवीनतम प्रविधिमा आधारित सरल, सुरक्षित र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यस सहकार्यले संस्थागत बैंकिङ सेवाको विस्तारसँगै कर्मचारी सञ्चय कोषका कर्मचारीहरूलाई थप उत्कृष्ट वित्तीय अनुभव प्रदान गर्ने अपेक्षा बैंकले राखेको छ ।