प्रभातफेरी अनलाइन१० पटक पढिएको | १ घण्टा अघि
काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछिको शान्ति–सुरक्षाको अवस्थाबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग विस्तृत ब्रिफिङ लिएका छन् ।
प्रधानमन्त्रीले दानबहादुर कार्की र नारायणदत्त पौडेल सँग छुट्टाछुट्टै भेट गर्दै सुनसरीको पछिल्लो सुरक्षा अवस्था, चुनौती र सम्भावित जोखिमबारे जानकारी लिएका हुन्। ब्रिफिङमा गृहमन्त्री सुधन गुरुङ पनि सहभागी थिए।
ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको अवस्था तत्काल नियन्त्रणमा लिन, आमनागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधि माथि कडा निगरानी राख्न निर्देशन दिएका छन्। साथै, शान्ति सुरक्षामा कुनै सम्झौता नगरी गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न पनि निर्देशन दिएका छन् ।