logo
२०८३ श्रावण १९, मंगलबार |
📰
🔍

राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ श्रावण १४, बिहिबार
राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला

काठमाडौं / नेपाली भाषा, साहित्य र सिर्जनशील लेखनको प्रवर्द्धन तथा उत्कृष्ट साहित्यकारहरूको सम्मान गर्ने उद्देश्यले राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला गरिएको छ।

 

आयोजक रेस्पोन्सिभ मिडिया प्रालिले गुरु पूर्णिमाको अवसरमा आवेदन खुला गरेको जनाएको छ। आयोजक समितिका अध्यक्ष मनोज थापाले देश तथा विदेशमा रहेका नेपाली साहित्यकार, लेखक, कवि, समालोचक, अनुवादक तथा साहित्यिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई आवेदन दिन आग्रह गरेका छन्।

अवार्डमा कविता, महाकाव्य, खण्डकाव्य, गीत, गजल, मुक्तक, हाइकु, उपन्यास, कथा, लघुकथा, नाटक, निबन्ध, नियात्रा, संस्मरण, आत्मकथा/जीवनी, बालसाहित्य, अनुवाद, अनुसन्धान, मातृभाषा र डायस्पोरा गरी २० विधामा सम्मान प्रदान गरिनेछ।

इच्छुकले आयोजकले तोकेको आवेदन फारम भरेर आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। थप जानकारीका लागि ९८५११९४२३९ मा सम्पर्क गर्न सकिनेछ। आयोजकका अनुसार अवार्डको अन्तिम समारोह वसन्त पञ्चमीका अवसरमा आयोजना गरिनेछ।