logo
२०८३ कार्तिक १९, बिहिबार |
☰
📰
🔍
✕

प्रेस काउन्सिलको नेतृत्व उमेश श्रेष्ठलाई, दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे

प्रभातफेरी अनलाइन६९ पटक पढिएको | २०८३ अषाढ २९, सोमबार
प्रेस काउन्सिलको नेतृत्व उमेश श्रेष्ठलाई, दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे

काठमाडौँ, उमेश श्रेष्ठ प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को असार २४ गते बसेको बैठकको निर्णयअनुसार उनलाई अध्यक्षमा नियुक्त गरिएको हो।  \

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आज श्रेष्ठलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।

त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। घिमिरेले पनि आजै मन्त्री तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्।