logo
२०८३ श्रावण २५, सोमबार |
📰
🔍

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पाँचौँपटक थुनामा राख्न अदालतको अनुमति

प्रभातफेरी अनलाइन५९ पटक पढिएको | २०८३ अषाढ २९, सोमबार
पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पाँचौँपटक थुनामा राख्न अदालतको अनुमति

काठमाडौँ,  नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।

न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले प्रहरीको मागअनुसार म्याद थप गरेको हो।

यो पौडेलविरुद्ध पाँचौँपटक थुना अनुमति दिइएको हो। उनलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।