logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

सुशासन र आर्थिक रूपान्तरण सरकारको प्राथमिकता : परराष्ट्रमन्त्री शिशिर खनाल

प्रभातफेरी अनलाइन५० पटक पढिएको | २०८३ श्रावण ८, शुक्रबार
सुशासन र आर्थिक रूपान्तरण सरकारको प्राथमिकता : परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौं, परराष्ट्रमन्त्री शिशिर खनालले युवा पुस्ताको आकांक्षा र जनमतबाट प्राप्त वर्तमान सरकारको मुख्य म्यान्डेट सुशासन र समावेशी आर्थिक वृद्धिमा केन्द्रित रहेको बताएका छन्।

काठमाडौंमा मानार्थ वाणिज्यदूत कोर–नेपालको १९औँ वार्षिक साधारणसभा तथा चार्टर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको परराष्ट्र नीतिले अब आर्थिक रूपान्तरण, लगानी आकर्षण, व्यापार विस्तार र नवप्रवर्तनलाई प्राथमिकता दिने उल्लेख गरे।

मन्त्री खनालले नेपालको अन्तर्राष्ट्रिय पहुँच विस्तार तथा आर्थिक कूटनीति सुदृढ बनाउन अवैतनिक वाणिज्यदूतहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनीहरूलाई नेपालको राष्ट्रिय प्राथमिकता र आकांक्षासँग समन्वय गर्दै द्विपक्षीय साझेदारी मजबुत बनाउन आग्रह गरे।

उनले अवैतनिक वाणिज्यदूतहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन विद्यमान नियमावली, सुविधा तथा कानुनी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।