प्रभातफेरी अनलाइन२३ पटक पढिएको | २०८३ श्रावण १०, आईतबार
काठमाडौं, नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पाँचथरको फालेलुङ गाउँपालिका–५ लुङमादिनमा गएको पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा ढिलाइ नगर्न सरकारसँग आग्रह गरेका छन्।
पहिरोका कारण तीन परिवार पूर्ण रूपमा विस्थापित भएको र ३५ परिवारका १६८ जना नागरिक उच्च जोखिममा रहेको भन्दै आङ्देम्बेले चिन्ता व्यक्त गरेका हुन्।
उनले संघ, प्रदेश र स्थानीय सरकार, जिल्ला विपद् व्यवस्थापन समिति तथा सुरक्षा निकायलाई तत्काल प्रभावित क्षेत्रमा परिचालित भई समन्वयका साथ उद्धार, राहत र पुनःस्थापनाको काम अघि बढाउन आग्रह गरेका छन्।
आङ्देम्बेले प्रभावित नागरिकको जीवनरक्षा, सुरक्षित स्थानान्तरण, राहत वितरण र विस्थापितको उचित व्यवस्थापनलाई प्राथमिकतामा राखेर प्रभावकारी काम गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन्।