प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ कार्तिक २१, शनिबार
काठमाडौँ / मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ अंगारेश्वरस्थित धरान–चतारा सडकखण्डमा पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–१७ हटियाका २७ वर्षीय सुदीप पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
हेटौँडाबाट सिन्धुलीतर्फ तरकारी लिएर जाँदै गरेको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किएका थिए। गम्भीर घाइते भएका पाण्डेलाई उपचारका लागि सीएमसी चुरेहिल अस्पताल पुर्याइएकोमा राति ९ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।