logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

प्रतिनिधिसभा प्रभावकारी बनाउने विषयमा सभामुख अर्यालको प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल

प्रभातफेरी अनलाइन४० पटक पढिएको | २०८३ श्रावण १३, बुधबार
प्रतिनिधिसभा प्रभावकारी बनाउने विषयमा सभामुख अर्यालको प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल

काठमाडौँ / सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन् ।

सभामुखको सचिवालयका अनुसार उनले प्रधानमन्त्री बालेन्द्र शाह, रामबहादुर थापा, विपक्षी दलका नेता भीष्मराज आङदेम्बे तथा वर्षमान पुन सँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।

यसअघि मङ्गलबार सभामुख अर्यालले विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरूसँग पनि प्रतिनिधिसभाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित रूपमा अघि बढाउने विषयमा विचार आदानप्रदान गरेका थिए ।