logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

अमरेश सिंह साउन १७ देखि हुलाकी राजमार्ग पदयात्रामा

प्रभातफेरी अनलाइन२३ पटक पढिएको | २०८३ श्रावण १४, बिहिबार
अमरेश सिंह साउन १७ देखि हुलाकी राजमार्ग पदयात्रामा

काठमाडौँ /  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले साउन १७ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित पदयात्रा सुरु गर्ने तयारी गरेका छन्। पदयात्रामार्फत मधेसमा आफ्नो राजनीतिक उपस्थिति थप बलियो बनाउने उनको योजनामा केही मधेसी सांसदको समेत साथ रहने स्रोतको दाबी छ।

पार्टीभित्र मधेसका अर्का नेता मनीष झाको प्रभाव केही कमजोर भएको आकलनबीच सिंहले आफ्नो पक्षमा माहोल सिर्जना गर्ने रणनीति अपनाएको बताइन्छ। पदयात्राको तयारीका लागि उनी हाल विराटनगरमा रहेका छन्।

सिंहले मधेसमा सरकारले प्रतिबद्धताअनुसार बजेट विनियोजन नगरेको विषयलाई मुख्य एजेन्डा बनाउँदै पार्टी नेतृत्व र सरकारको आलोचना गर्ने तयारी गरेका छन्। मधेसका विकास योजनालाई अपेक्षित प्राथमिकता नदिएको, दीर्घकालीन महत्वका आयोजना अघि नबढाई साना योजनामै सीमित भएको आरोप उनले निरन्तर लगाउँदै आएका छन्।

मधेसका अन्य राजनीतिक दल तथा रास्वपाभित्रकै केही सांसदले समेत उठाउँदै आएको असन्तुष्टिलाई आफ्नो राजनीतिक मुद्दा बनाउने उद्देश्यले सिंहले पदयात्रा गर्न लागेको विश्लेषण गरिएको छ।