प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ श्रावण १६, शनिबार
जनकपुरधाम / जनकपुरधाममा सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्दै शनिबार जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाइमा सद्भाव र्याली निकालिएको छ ।
‘नेपाली एकता जिन्दावाद’ र ‘हामी सबै एक हौँ’ लगायतका नारा सहित आयोजित र्यालीमा विभिन्न समुदाय तथा सम्प्रदायका नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो ।
रेलवे स्टेशनबाट सुरु भएको र्याली भानु चोक, जनक चोक र सोनारपट्टी हुँदै पुनः जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा धनुषा–३ का प्रतिनिधिसभा सदस्य मनिष झा, धनुषा–२ का रास्वपा सांसद रामविनोद यादव, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहलगायत जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।