logo
२०८३ श्रावण १९, मंगलबार |
📰
🔍

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१ वर्ष पूरा, सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता

प्रभातफेरी अनलाइन१६ पटक पढिएको | २०८३ श्रावण १६, शनिबार
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१ वर्ष पूरा, सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौ / नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्ष आज पूरा भएको छ। यस अवसरमा नेपालका लागि चीनका राजदूत चाङ माओमिङले दुवै देशबीचको परम्परागत मित्रता, पारस्परिक सम्मान र आपसी हितमा आधारित सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुभकामना सन्देश जारी गर्दै राजदूत चाङले विगत ७१ वर्षमा नेपाल–चीन सम्बन्ध निरन्तर सुदृढ बन्दै आएको उल्लेख गर्दै विकास र समृद्धिका लागि चिरस्थायी मित्रतामा आधारित रणनीतिक साझेदारीलाई थप उचाइमा पुर्‍याउन चीन प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता दुवै देशबीच राजनीतिक, आर्थिक, व्यापार, पूर्वाधार, शिक्षा, संस्कृति तथा जनस्तरीय सम्बन्धका विभिन्न क्षेत्रमा सहकार्य विस्तार हुँदै आएको छ।