प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ श्रावण १७, आईतबार
काठमाडौ / विश्वप्रसिद्ध पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जा र उहाँको आरोहण टोलीका सदस्यहरूको निधनप्रति म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ ले गहिरो दुःख व्यक्त गर्दै सोमबार शोक बिदा घोषणा गरेको छ।
आइतबार जारी विज्ञप्तिमा गाउँपालिकाले दिवंगत पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको सम्मानस्वरूप सोमबार शोक बिदा दिने निर्णय गरेको जनाएको छ। साथै, सम्पूर्ण नागरिकलाई श्रद्धाञ्जली अर्पण गर्न र शोकको यस घडीमा एकताबद्ध हुन आग्रह गरिएको छ।
गाउँपालिकाका अनुसार निम्सदाइको असामयिक निधनले नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायलाई नै अपूरणीय क्षति पुगेको छ।