प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
काठमाडौ / गत वर्षको जेनजी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका कैदी ४५ वर्षीय आईतसिंह लामा भरुवा बन्दुकसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका–११, थाकलटार निवासी लामालाई इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले उनकै घर नजिकबाट पक्राउ गरेको हो।
लामा एकसिंगे गैँडा मारेको वन्यजन्तु सम्बन्धी कसुरमा दोषी ठहर भएका व्यक्ति हुन्। अदालतले उनलाई १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सोही सजाय भुक्तान गर्ने क्रममा उनी भरतपुर कारागारमा रहेका बेला गत वर्षको जेनजी आन्दोलनका क्रममा फरार भएका थिए।