प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ श्रावण १७, आईतबार
एजेन्सी / पाकिस्तानको ब्रड पिक हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएका चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव फेला परेको छ।
पाकिस्तानको अल्पाइन क्लब (एसीपी)का अनुसार आइतबार उद्धार टोलीले करिब ५,७०० मिटर उचाइमा निम्सदाइको शव फेला पारेको हो। घटनास्थलमा अन्य तीन शव पनि देखिएको एसीपीले जनाएको छ। ती शवहरूको पहिचान भने अझै खुल्न बाँकी छ।
एसीपीका अनुसार उद्धार टोलीले सबै शवलाई जापानी क्याम्पतर्फ ल्याउने तयारी गरिरहेको छ।
यसअघि शनिबार निम्सदाइको अभियान व्यवस्थापन कम्पनी एलिट एक्सपेडले ब्रड पिकमा आएको हिमपहिरोमा निम्सदाइसहित सम्पूर्ण आरोहण टोलीका सदस्यको मृत्यु भएको पुष्टि गरेको थियो।
शनिबार नै उद्धार टोलीले ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, नेपालका पुरबहादुर गुरुङ र ग्यालु शेर्पाको शव बरामद गरेको थियो। साथै अमेरिकी पर्वतारोही सारा म्यालोरी गेसको अवशेष पनि फेला परेको थियो।