प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ श्रावण १८, सोमबार
काठमाडौ / आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले वृद्धि भई ४ हजार ३ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।