logo
२०८३ श्रावण १९, मंगलबार |
📰
🔍

दुर्गा प्रसाईंको पक्राउ निन्दनीय, तत्काल रिहा गर्न धवलशम्सेर राणाको माग

प्रभातफेरी अनलाइन१६ पटक पढिएको | २०८३ श्रावण १८, सोमबार
दुर्गा प्रसाईंको पक्राउ निन्दनीय, तत्काल रिहा गर्न धवलशम्सेर राणाको माग

काठमाडौ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएका नेता डा. धवलशम्सेर राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।

सोमबार बिहान विज्ञप्ति जारी गर्दै राणाले संविधानप्रदत्त विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेकै आधारमा प्रसाईंलाई पक्राउ गर्नु निन्दनीय भएको बताएका छन्। उनले सरकारको आलोचना गर्न पाउने अधिकार लोकतन्त्रको आधारभूत विशेषता भएकाले फरक मत राखेकै कारण पक्राउ गर्नु उचित नभएको उल्लेख गरेका छन्।

राणाले विश्वव्यापी रूपमा स्थापित मानव अधिकार तथा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रसाईंको तत्काल रिहाइको माग गरेका छन्।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आइतबार राति भक्तपुरस्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउअघि उनले सरकारविरुद्ध पुनः आन्दोलन गर्ने चेतावनी दिएका थिए।