प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ श्रावण १८, सोमबार
झापा / झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअपको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको मे१च ५१०४ नम्बरको पिकअपले सडक पार गर्दै गरेका स्थानीय अन्दाजी ७० वर्षीय प्रल्हाद शिवाकोटीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका शिवाकोटीको उपचारका लागि बिर्तामोड लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। प्रहरीले दुर्घटनामा संलग्न पिकअप र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।