प्रभातफेरी अनलाइन० पाठक संख्या | ८ मिनेट अघि
सुनसरी / सुनसरीको देवानगन्जमा भएको तनावका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवकको उपचारका क्रममा निधन भएको छ।
देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
यससँगै देवानगन्ज घटनामा सुनसरीमा प्रहरीको गोली लागेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। उक्त घटनापछि फैलिएको तनावका क्रममा सिरहामा पनि एक जनाको मृत्यु भएको थियो।