प्रभातफेरी अनलाइन० पाठक संख्या | १ मिनेट अघि
काठमाडौं / नेपाली कांग्रेसले प्रधानमन्त्रीको नेतृत्वमा स्थायी प्रकृतिको सर्वदलीय, सर्वधार्मिक र नागरिक संवाद संयन्त्र गठन गर्न सरकारसँग माग गरेको छ।
प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले सुनसरीमा भएको पछिल्लो घटनाजस्ता संवेदनशील विषयमा संवाद र समन्वयका लागि यस्तो संयन्त्र आवश्यक रहेको बताए।
उनले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी घटनाको कारण, सुरक्षा कमजोरी, अफवाहको भूमिका र राज्यको प्रतिक्रियासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे। साथै, कुनै धर्म वा समुदायलाई सामूहिक रूपमा शंकाको दृष्टिले हेर्न नहुने, सामाजिक सञ्जालमा भ्रम फैलाउनेमाथि कारबाही गर्नुपर्ने र संवेदनशील निर्णयहरू खुला राष्ट्रिय संवादमार्फत अघि बढाउनुपर्ने उनको भनाइ थियो।