logo
२०८३ श्रावण २४, आईतबार |
📰
🔍

हङकङबाट बैंकक पुगे देउवा, साउन २८ मा नेपाल फर्किने

प्रभातफेरी अनलाइन६ पटक पढिएको | २०८३ श्रावण २४, आईतबार
हङकङबाट बैंकक पुगे देउवा, साउन २८ मा नेपाल फर्किने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङबाट थाइल्यान्डको राजधानी बैंकक पुगेका छन्। उनी साउन २८ गते बिहीबार नेपाल फर्किने कार्यक्रम तय भएको छ।

स्वास्थ्य उपचारका क्रममा करिब पाँच महिनादेखि विदेशमा रहेका देउवा यसअघि साउन २६ गते नेपाल फर्किने तयारीमा थिए। तर, हङकङबाट बैंकक पुगेपछि उनको स्वदेश फर्किने कार्यक्रम दुई दिन पछाडि सरेको हो।

देउवा निकट नेताहरूका अनुसार उनी शुक्रबार हङकङबाट बैंकक पुगेका हुन्। अब बैंककबाटै थाइ एयरको विमानमार्फत नेपाल फर्किने तयारी गरिएको छ।

देउवा साउन २८ गते दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको बताइएको छ।

यसैबीच, कांग्रेसको संस्थापनइतर समूहको आयोजनामा साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला हुँदैछ। भेलामा सहभागी हुन देशभरबाट नेता तथा कार्यकर्ता काठमाडौं आउने क्रम जारी छ।

देउवाको स्वदेश आगमनसँगै राष्ट्रिय भेलामा सहभागी नेता तथा कार्यकर्ताले विमानस्थलमै पुगेर उनको स्वागत गर्ने तयारीसमेत गरेका छन्।