प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ श्रावण २४, आईतबार
काठमाडौ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आपसी मेलमिलाप, सहअस्तित्व र एकताबाट राष्ट्रिय सामर्थ्य थप मजबुत हुने बताएका छन्।
विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा लक्ष्यमा सबै एकताबद्ध हुनुपर्ने बताएका हुन्।
संविधानले सबै समुदायको समान अधिकार तथा समावेशी र सहभागितामूलक प्रतिनिधित्वको सुनिश्चितता गरेको उल्लेख गर्दै उनले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता राष्ट्रिय सौन्दर्य र शक्ति भएको बताएका छन्।
