logo
२०८३ श्रावण २४, आईतबार |
📰
🔍

सुनको मूल्य तोलामा ४ हजार ८ सय बढ्यो, ३ लाख १ हजार ७ सय पुग्यो

प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ श्रावण २४, आईतबार
सुनको मूल्य तोलामा ४ हजार ८ सय बढ्यो, ३ लाख १ हजार ७ सय पुग्यो

काठमाडौँ / आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ बढेर ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ।

यसअघि शुक्रबार सुन तोलामा ९ सय रुपैयाँ बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि बिहीबार ८ हजार र बुधबार ४ हजार २ सय रुपैयाँले सुनको मूल्य बढेको थियो।

यससँगै पछिल्ला चार दिनमा सुनको मूल्य तोलामा १७ हजार ८ सय रुपैयाँले वृद्धि भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ७० रुपैयाँ बढेर ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।