प्रभातफेरी अनलाइन२१ पटक पढिएको | ४७ मिनेट अघि
काठमाडौँ / संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। सभापति गगनकुमार थापाको अध्यक्षतामा बैठक केहीबेरअघि सुरु भएको हो।
बैठकमा आगामी १५औँ महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका निर्माण र सदस्यता अद्यावधिक तथा वितरणबारे छलफल हुने कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरले जानकारी दिए।
यस्तै, महाधिवेशन तयारी समिति गठन तथा केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन गर्ने प्रस्तावसमेत बैठकमा रहेको छ। तराई–मधेसका पछिल्ला घटनाक्रम, सरकारको १०० दिन, विपक्षीको भूमिका, प्रदेश सरकार र संगठनात्मक विषयमा पनि छलफल हुने बताइएको छ।
कांग्रेसका अनुसार बैठकमा समसामयिक राजनीतिक मुद्दा तथा भ्रातृ संस्थाका विधानका विषयमा समेत छलफल हुनेछ।