logo
२०८३ श्रावण २९, शुक्रबार |
📰
🔍

एसीसी प्रिमियर कप तयारीका लागि नेपाली टोली भारत जाँदै

प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ श्रावण २९, शुक्रबार
एसीसी प्रिमियर कप तयारीका लागि नेपाली टोली भारत जाँदै

काठमाडौं / नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारी भारतमा गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार टोलीलाई बिदाइ गर्दै भारतको बेङ्लुरुमा १० दिनको प्रशिक्षण क्याम्प सञ्चालन गर्ने जनाएको छ। भारतमा नेपालले दुई अभ्यास खेल खेल्नेछ भने त्यसपछि मलेसियामा पाँच दिनको क्याम्प राखेर थप दुई अभ्यास खेल खेल्ने प्रयास भइरहेको क्यानका क्रिकेट निर्देशक विनोद दासले बताए।

एसीसी प्रिमियर कप अगस्ट २९ देखि मलेसियामा सुरु हुँदैछ, जसमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। टोलीमा रोहितकुमार पौडेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, अर्जुन कुमाल, देव खनाल, बसिर अहमद, इशान पाण्डे, गुल्सनकुमार झा, करण केसी, ललितनारायण राजवंशी, हेमन्त धामी र शेर मल्ल रहेका छन्।