logo
२०८३ कार्तिक १६, सोमबार |
☰
📰
🔍
✕

स्कुटरको ठक्करबाट ७० वर्षीय पैदलयात्रीको मृत्यु

प्रभातफेरी अनलाइन५ पटक पढिएको | १८ मिनेट अघि
स्कुटरको ठक्करबाट ७० वर्षीय पैदलयात्रीको मृत्यु

कास्की / पोखरा महानगरपालिका–२६ अर्घौचोकमा स्कुटरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

प्रहरीका अनुसार ग. १३ प २०९४ नम्बरको स्कुटरले ठक्कर दिँदा पर्वतको जलजला गाउँपालिका–५ घर भई हाल पोखरा–२६ बस्ने ७० वर्षीय मनबहादुर पुनको मृत्यु भएको हो।

आइतबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते हुनुभएका पुनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि स्कुटर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।