logo
२०८३ कार्तिक १६, सोमबार |
☰
📰
🔍
✕

लोकतन्त्रको भविष्य संकटमा पर्दै गएको एमाले महासचिव शंकर पोखरेलको दाबी

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २७ मिनेट अघि
लोकतन्त्रको भविष्य संकटमा पर्दै गएको एमाले महासचिव शंकर पोखरेलको दाबी

काठमाडौँ / नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पछिल्लो समय मुलुकको लोकतन्त्रको भविष्य संकटमा पर्दै गएको दाबी गर्नुभएको छ ।

रुपन्देहीको बुटवलमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्रको आधार संगठित हुने र आफ्ना विचार अभिव्यक्त गर्ने स्वतन्त्रता रहेको उल्लेख गर्नुभयो।

उहाँले विश्वविद्यालय तथा क्याम्पसहरूमा विद्यार्थी संगठनका गतिविधिमाथि प्रतिबन्ध लगाउने प्रयास भइरहेको आरोप लगाउँदै वर्तमान सरकार बाह्य शक्तिको प्रभावमा परेको आशंका व्यक्त गर्नुभयो।

पोखरेलले सरकारको कार्यशैलीले नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई जोखिममा पार्न सक्ने आशंका बढाएको समेत बताउनुभयो।