प्रभातफेरी अनलाइन१६ पटक पढिएको | २५ मिनेट अघि
काठमाडौँ / मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरूको नियमित बैठकले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले कालोबजारी नियन्त्रणका लागि सम्बन्धित मन्त्रालयलाई कडाइका साथ प्रस्तुत हुन निर्देशन दिने निर्णय गरेको हो।
त्यस्तै, सरकारी सेवा प्रवाह चुस्तदुरुस्त भए–नभएको विषयमा अनुगमन गर्ने निर्णयसमेत बैठकले गरेको छ।