logo
२०८३ श्रावण २९, शुक्रबार |
📰
🔍

स्वास्थ्य बीमा अन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ श्रावण २९, शुक्रबार
स्वास्थ्य बीमा अन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं / स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत विभिन्न जिल्लाका ३७६ वटा स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको छ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत २०८२ साल माघ र फागुन महिनामा सेवा प्रदान गरेबापत उक्त रकम भुक्तानी गरिएको हो। भुक्तानी पाउने स्वास्थ्य संस्थामा सरकारी तथा निजी अस्पतालसँगै प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत तथा जिल्ला अस्पताल, नगर अस्पताल, आँखा अस्पताल र शिक्षण अस्पतालसमेत रहेका छन्।

स्वास्थ्य बीमा अन्तर्गत सेवा प्रदान गरेका संस्थाहरूले पेश गरेका दाबीहरूको रुजु तथा मूल्याङ्कन गरी स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरिएको जनाइएको छ। दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थासमेत भुक्तानीमा समेटिएका छन्।