प्रभातफेरी अनलाइन७ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं / पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले १४औँ दक्षिण एसियाली खेलकुद (साग) २०८३ साल चैत २० देखि २८ गतेसम्म पाकिस्तानमा आयोजना गर्ने निर्णय गरेको छ।
बैठकले प्रतियोगितामा एथलेटिक्स, पौडी, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बिलियर्ड एन्ड स्नुकर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, हक्की, जुडो, कबड्डी, कराते, रोविङ, रग्बी सेभेन्स, सुटिङ, स्क्वास, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती र उसुसहित २८ खेल समावेश गर्ने निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी समिति सदस्य सिक्का सुवाल श्रेष्ठले जानकारी दिइन्।
१३औँ साग भने सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजना भएको थियो।