logo
२०८३ आश्विन २३, शुक्रबार |
☰
📰
🔍
✕

टप एन्ड टी–२० सिरिजमा नेपाललाई पहिलो जित

प्रभातफेरी अनलाइन४४ पटक पढिएको | २०८३ भाद्र ८, सोमबार
टप एन्ड टी–२० सिरिजमा नेपाललाई पहिलो जित

काठमाडौं / टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले अस्ट्रेलियाको होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै सिरिजमा पहिलो जित हात पारेको छ। सोमबार डर्बिनस्थित मरारा क्रिकेट मैदानमा नेपालले दिएको १५५ रनको लक्ष्य पछ्याएको हुरिकेन्स ११५ रनमै समेटियो।

यसअघि नेपालले ८ विकेट गुमाएर १५४ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले ३९, मयन यादवले ३१, कप्तान अनिल शाहले २१, लोकेश बमले २० र तृतराज दासले १० रन बनाए।