प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ आश्विन २३, शुक्रबार
काठमाडौं / सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गर्नुभएको छ।
राष्ट्रपति कार्यालयका अनुसार सम्माननीय राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार उक्त अध्यादेश जारी गर्नुभएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा विपद् व्यवस्थापनसँग सम्बन्धित प्रचलित ऐनकानुनलाई समसामयिक संशोधन गर्न सरकारले अध्यादेश जारी गर्न सिफारिस गरेको उल्लेख गरिएको छ।