प्रभातफेरी अनलाइन१६ पटक पढिएको | २०८३ भाद्र ९, मंगलबार
काठमाडौं / सेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन घटेको छ। मंगलबार नेप्से ५.३० अंकले घटेर २,५९४.२७ विन्दुमा बन्द भएको छ।
यसअघि सोमबार नेप्से १९.१३ अंकले घटेर २,५९९.५८ विन्दुमा रोकिएको थियो।
मंगलबार ३५७ कम्पनीको सेयर ४६ हजार ५५८ पटक कारोबार हुँदा कुल ४ अर्ब १० करोड ५५ लाख २१ हजार १०७ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ७८ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ।