प्रभातफेरी अनलाइन० पाठक संख्या | १५ मिनेट अघि
रसुवामा भोटेकोशी नदीमा आएको बाढीपछि उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेनाका अनुसार स्याफ्रुबेँसीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ गरी हालसम्म १२ जनाको उद्धार गरिएको छ।
उद्धारका लागि सेना र निजी कम्पनीका १२ हेलिकोप्टर परिचालन गरिएका छन्। त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा मेडिकल टोलीले आकस्मिक उपचार सेवा पनि दिइरहेको छ।